
विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।
इन्टरनेटको इतिहास सन् १९६० को दशकबाट सुरु हुन्छ, जब अमेरिका र सोभियत संघबीचको शीतयुद्धको सन्दर्भमा वैज्ञानिक अनुसन्धानलाई तीव्रता दिइयो। अमेरिका सरकारको रक्षा मन्त्रालय अन्तर्गत ARPA (Advanced Research Projects Agency) नामक संस्थाले "ARPANET" नामक परियोजना सुरु गर्यो, जसले चार प्रमुख विश्वविद्यालयहरूलाई आपसमा जडान गर्दै सन् १९६९ मा पहिलो पटक कम्प्युटर नेटवर्कको सफल प्रयोग गर्यो। त्यसपछि सन् १९७० को दशकमा Vint Cerf र Robert Kahn ले TCP/IP नामक नेटवर्क प्रोटोकल विकास गरे, जसले फरक नेटवर्कहरूलाई आपसमा जोड्न सम्भव बनायो। यिनै प्रविधिको जगमा इन्टरनेट जन्मिएको हो, जसमा पछि Ray Tomlinson ले सन् १९७१ मा पहिलो इमेल प्रणाली बनाएका थिए।
सन् १९८० र १९९० को दशकमा इन्टरनेटले तीव्र विकास गर्यो। सन् १९८३ मा ARPANET ले औपचारिक रूपमा TCP/IP अपनायो, र सन् १९८५ बाट डोमेन नाम प्रणाली (जस्तै .com, .org) सुरु भयो। तर सन् १९९० मा Tim Berners-Lee ले World Wide Web (WWW) आविष्कार गरेपछि इन्टरनेटले आम मानिसको जीवनमा गहिरो प्रभाव पार्न थाल्यो। त्यसपछि ब्राउजरहरू, सर्च इन्जिनहरू, इमेल सेवा, अनलाइन च्याट र वेबसाइटहरूको विकाससँगै इन्टरनेट विश्वव्यापी रूपमा फैलिन थाल्यो। Google, Yahoo, Amazon, Wikipedia र Facebook जस्ता सेवाले यो विकासलाई अझ तीव्रता दिए।
नेपालमा इन्टरनेटको इतिहास सन् १९९३ मा सुरु भएको हो, जब Mercantile Communications ले पहिलो पटक ईमेल सेवा ल्यायो र सन् १९९४ मा नेपालमा व्यावसायिक इन्टरनेट सेवा सुरु गरियो। प्रारम्भमा साइबर क्याफेहरू, विद्यालयका कम्प्युटर ल्याबहरू र सरकारी कार्यालयमार्फत मात्र इन्टरनेट प्रयोग गरिन्थ्यो। पछि ADSL, मोबाइल इन्टरनेट, 3G, 4G र अहिलेको FTTH (Fiber to the Home) जस्ता प्रविधिहरू विस्तार भए। हाल नेपालमा WorldLink, Subisu, Vianet, NTC, Ncell आदि सेवा प्रदायकहरू सक्रिय छन् र इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड नाघिसकेको छ।
इन्टरनेटले शिक्षा, सञ्चार, स्वास्थ्य, व्यापार, मनोरञ्जन र प्रशासन सबै क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ। अनलाइन कक्षा, डिजिटल बैंकिङ, ई–कमर्स, सामाजिक सञ्जाल र विश्वव्यापी सञ्चारको माध्यमका रूपमा इन्टरनेट अपरिहार्य बनिसकेको छ। यद्यपि, इन्टरनेटसँगै साइबर अपराध, फेक न्युज, निजता हनन, अनलाइन ठगी जस्ता समस्या पनि बढिरहेका छन्। त्यसैले इन्टरनेटको सुरक्षित, जिम्मेवार र सचेत प्रयोग आवश्यक छ। प्रविधिको सदुपयोग र डिजिटल साक्षरतामार्फत मात्रै हामी इन्टरनेटको शक्ति उपयोग गरेर समृद्ध समाज निर्माण गर्न सक्छौं।
प्रकाश उप्रेती सुचना प्राविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँले सूचना प्रविधि, डिजिटल मिडिया, र नवप्रवर्तनमूलक प्रविधिहरुमा निरन्तर कलम चलाउँदै आउनुभएको छ। लेखन तथा अनुसन्धानका माध्यमबाट प्रविधिको उपयोग, प्रभाव र विकासक्रममाथि गहिरो चासो राख्नुहुन्छ।
विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।
नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेको छ, र यससँगै कम्प्युटर भाइरसको जोखिम पनि बढिरहेको छ। त्यसैले, यस समस्याबाट जोगिनको लागि सजग हुनु अत्यावश्यक छ।
वेबसाइट ह्याक हुनुका कारणहरू धेरै छन्—खराब सर्भर, कमजोर कोडिङ, असुरक्षित ब्याकइन्ड, नियमित अपडेट नहुनु, र प्रयोगकर्ताको लापरवाही। तर, समयमै सही प्रविधि, सुरक्षात्मक रणनीति, र नियमित निगरानीले यस्तो खतराबाट सजिलै जोगिन सकिन्छ।
डिजिटल युगको प्रभावले युवालाई सानो लगानीमा व्यवसाय सुरु गर्ने सम्भावना दिएको छ। इन्टरनेट, मोबाइल एप, सामाजिक सञ्जाल, मोबाइल वालेट, डिजिटल मार्केटिङ, र कम लागतमा उपलब्ध उपकरणहरूले उनीहरूलाई सशक्त बनाएका छन्।
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.