अनलाइन मार्फत के के गर्न सकिन्छ ?
अनलाइन मार्फत घरमै बसेर धेरै कामहरु गर्न सकिन्छ । ग्राफिक्स डीजाइनिङ, घोस्ट राइटिङ (अर्काको नाममा केहि लेखिदिने), अंग्रेजीलाइ नेपालीमा रुपान्तरण, व्यबसायीक योजना, थेसिश टाइप गर्ने, कुनै पनि संस्थाको अनलाइन लाइभ च्याट गरिदिने एजेन्ट, अनलाइन सपोर्ट, डिजिटिल मिडिया प्लानर, इमेज क्लिपिंङ, इमेज प्रोसेसिंङ, भ्वाइस रेकर्ड आदी गर्न सकिन्छ ।
त्यस्तै भ्याइसबाट टेक्स्टमा रुपान्तरण गरिदिने, भिडियो एनिमेसन, लोगो डिजाइन गर्ने, भिजिटिंग कार्ड बनाउने, अटो क्याड मार्फत डिजाइन गरिदिने, इन्टेरियरका डिजाइनिंङ, ब्यानर बनाउने, वेवसाइटका लागि कन्टेन्ट बनाउने, कुनै प्रोडक्टको कभर डिजाइन गर्ने, प्रडक्टहरुलाइ ब्यानर बनाएर फेसबुक, इन्स्टाग्राममा पोस्ट गर्ने, रिज्युम वा बायो डाटा बनाउने, अनलाइन मार्फत केहि लेसन सिकाएर अनलाइन मार्फत आम्दानी गर्न सकिन्छ ।
कोर्स कहाँ लिने ?
अनलाइन कोर्सहरु आइभार्सिटी, कोर्सएरा, युडेमी, युडासिटी, कोड एकेडेमी, ब्लक, स्किल सेयर आदि मार्फत लिन सकिन्छ ।
युट्युब, भीभो आदि जस्ता वेबसाइटहरुमा सजिलैसंग सिक्ने धेरै नै भिडियोहरु रहेका हुन्छन् । अनलाइनमा उपलब्ध हुने रिफरेन्स, गाइड बुक, इबुक, टिउटोरियल आदि मार्फत पनि सिक्न सकिन्छ ।
आफ्नो आवश्यकता पहिचान गरि काम गरि सर्टिफिकेट समेत लिन सकिन्छ । गुगलले आफ्ना विभिन्न कार्यक्रमलाइ निशुल्क रुपमा अनलाइन मार्फत परिक्षा लिएर समेत सर्टिफिकेट दिने गरेको छ, जसलाई प्रत्येक वर्ष नविकरण भने गर्नु पर्छ ।
अनलाइन मार्फत काम कहाँ पाइन्छ ?
odesk.com, elance.com सन् २०१५ मा मिलेर upwork.com बन्यो । जसले विभिन्न विधामा अनलाइन मार्फत काम गर्ने र गराउनेलाई जोड्ने काम गर्दछ । upwork.com मार्फत दुइ पक्षमा हुने विवादलाई यसले सुल्झाउने काम गर्दछ ।
upwork.com फ्रील्यांसर, ९९ डिजाइन, गुरु, टपटल, क्रेडो, पपुलर आवर, डिजाइन क्राउड जस्ता वेबसाइट मार्फत फ्रिलान्सिङ काम गर्न सकिन्छ । अनलाइन मार्फत गर्न सकिने कामहरुमा कुनै प्रत्येक घण्टा अनुसारको रकम पाइन्छ भने कुनै प्रोजेक्टको आधारमा हुन्छ ।
अनलाइन मार्फत गरिएको कामको भुक्तानी लिनलाइ पेपाल, स्क्रिल, टु चेक आउट, अथोराइज डट नेट, स्ट्राइप जस्ता विभिन्न अनलाइन पेमेन्ट गेटवे मार्फत आफ्नो अनलाइन पेमेन्ट खातामा ल्याउन सकिन्छ ।
साथै यस्ता फ्रिल्यान्सिङ वेवसाइटहरुले पेअनर आदि जस्ता कम्पनीसंग मिलेर आफ्नो कस्ट्माइज गरिएका कार्डहरु केहि आम्दानी या लेभल पार गरे पश्च्यात कुरियर मार्फत बिश्वको कुनै कुनामा पनि पठाइदिने गर्छन ।
नेपालमा बैधानिक रुपमा आएको भने छैन । अनलाइन मार्फत पेमेन्ट गर्ने पेपाल सन् १९९८ मा स्थापना भएको संस्था हो र यसको सन् २०१९ को आंकडा हेर्दा बिश्व भरिमा ३० करोड ५० लाख ग्राहक छन् ।