
आधुनिक प्रविधिको प्रयोगले नेपाली खेलाडीहरूको शारीरिक र मानसिक तयारीमा ठूलो परिवर्तन ल्याएको छ। फिटनेस ट्रयाकर, हृदय गति मापन गर्ने यन्त्रहरू प्रयोग गरेर खेलाडीको स्वास्थ्य अवस्था निरन्तर ट्र्याक गर्न सकिन्छ
धनगढी: क्रिकेट नगरीका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ।
शुक्रवार कलेजको सभा हलमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै सम्मान गरिएको हो ।
सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए।
कार्यक्रममा बोल्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कलेजको निरन्तर अभ्यास अन्तर्गत होनहार खेलाडीहरू भट्ट र रावललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए।
"कलेजले प्रदान गरेको यो आजीवन छात्रवृत्तिले राष्ट्रका लागि समर्पित खेलाडीहरूलाई थप हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना छ," उनले भने।
सचिन र सुशीलले मलेसियाबाट फर्कँदा एसपीए कलेजले धनगढी विमानस्थलमै स्वागत गरी सयौँ विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरेको अनुभव सुनाउँदै यसले उनीहरूलाई मात्र नभई क्रिकेटमा भविष्य देखिरहेका अन्य धेरै खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। "हामी कलेज परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौँ, यो सम्मान प्राप्तिबाट हामीहरूको हौसला निकै नै बढेको छ ।" उनीहरूको भनाइ थियो।
एसपीए कलेजले विगतमा पनि खेलकुद क्षेत्रका साथै अन्य विविध विधाका प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण वा आंशिक छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ।
यसअघि पनि कलेजले युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी सुदूरपश्चिमका तीन खेलाडी मनीषा उपाध्याय, स्नेहा महरा, सावित्री धामी तथा प्रशिक्षक जानकी भट्टलाई एकमुष्ट एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको थियो ।
बिगत तिन दशक देखि नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रुपले लागिरहेका एक अनुभवी र दक्ष पत्रकार हुन् । नेपाली पत्रकरितालाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने जमर्कोमा लागेका पत्रकार नेपालले आफ्नो कार्यगत अनुभव नेपालको विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक संचार माध्यमहरुमा देखाई सकेका छन् । पत्रकारितालाई आफ्नो जड-जरो ठान्ने नेपालले नेपालको पहिलो निजी रुपमा स्थापित संचार माध्यम कान्तिपुर दैनिक, साप्ताहिक, नेपाल म्यागजिन, नयाँ सडक दैनिक लगायतका छापा माध्यमहरुमा काम गरि प्रविधिको माध्यमले संचालित विभिन्न अनलाइन संचार माध्यमहरुमा लेख्दै आएका नेपाल हाल यसै विराट इन्फर्म्याटिक्स प्रा. लि. को अध्यक्ष तथा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
आधुनिक प्रविधिको प्रयोगले नेपाली खेलाडीहरूको शारीरिक र मानसिक तयारीमा ठूलो परिवर्तन ल्याएको छ। फिटनेस ट्रयाकर, हृदय गति मापन गर्ने यन्त्रहरू प्रयोग गरेर खेलाडीको स्वास्थ्य अवस्था निरन्तर ट्र्याक गर्न सकिन्छ
ओलम्पिक खेलहरू विश्वका सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता हुन् जहाँ प्रत्येक राष्ट्रका उत्कृष्ट खेलाडीहरू भेला भएर राष्ट्रिय गौरवका लागि प्रतिस्पर्धा गर्दछन्। नेपालको खेलकुद क्षेत्रमा ओलम्पिकले विशेष महत्व राख्दछ, जहाँ नेपाली खेलाडीहरूले राष्ट्रिय सीमाना मात्र होइन, विश्वस्तरमा पनि आफ्नो प्रतिभा देखाउन सक्ने अवसर पाउँछन्। यस ब्लगमा हामी नेपालको ओलम्पिक खेलहरूमा सहभागिता, उपलब्धि र भविष्यका सम्भावनाहरूको चर्चा गर्नेछौं।
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.