Blog Detail

  • elearning-nepal_748.png

    शिक्षामा प्रविधि

    आजकल प्रबिधिको प्रयोग प्राय जस्तो जुनैसुकै ठाउँमा भएको पाइन्छ । कम्प्युटरले धेरै नै कुराहरुलाई सजिलो बनाइदिएको छ । धेरै अगाडी ८/९/१० क्लासमा मात्र पुग्दा कम्प्युटर पढाई हुनेमा आजकल सानो क्लास देखिनै कम्प्युटर बिषय  राखिएको हुन्छ ।

    विकासका २ मुख्य कारक ; हुन्छ ; एउटा प्रबिधि अर्को प्रयोग प्रविधिको  सहि प्रयोग

    प्रबिधिको सहि प्रयोग गर्दै लैजाने हो भने अवश्य नै विकास हुन्छ । सफ्टवेयर कुनै जटिल कुरा नभइ कुनै पनि जटिल कुराहरुलाई सरल बनाउने प्रोग्रामिङ्ग  गरि बनाइएको एउटा एप्लिकेशन हो । आजकल सफ्टवेयर बिभिन्न मुख्य  ४  रुपमा आउन थालेका छ । एउटा डेस्कटप बेस्ड सफ्टवेयर, अर्को वेब बेस्ड सफ्टवेयर, क्लाउड र अर्को मोबाईल आप्स बेस्ड सफ्टवेयर । यसैगरी शिक्षामा पनि प्रबिधिको प्रयोग अनिवार्य रुपमा गर्नु पर्दछ ,जसले गर्दा शैक्षिक  संस्थाहरुलाई म्यानेज गर्न सजिलो हुन्छ । बिभिन्न किसिमका सिस्टमहरु   कसरि प्रयोग गर्न सकिन्छ भन्ने कुराहरु तल उल्लेख गरिएको छ ।

    वेबसाइट : शैक्षिक संस्थाको सम्पूर्ण जानकारी , जस्तै संस्थाको जानकारी , ठेगाना फोटोहरु, लोकेसन म्याप , प्रिन्सिपल वा क्याम्पस प्रमुखको भनाइ , पास आउट स्टुडेन्टहरुको डिटेल्स अनि बेला बेलामा नोटिस , न्युज आदि  वेबसाइटमा नै रिजल्टहरु राख्न सकिन्छ ।

    न्युज लेटर: शैक्षिक संस्थाको अभिभावकहरु साथै विद्यार्थीहरुलाई एकैसाथ इमेल गर्ने गर्दा, संस्थाको आन्तरिक जानकारीहरु सजिलैसँग इमेलमानै पठाउन सकिन्छ । न्युज लेटर पठाउने फरक किसिमको तरिका हुन्छ , जसले कसले कसले इमेल हेर्नुभयो, कहाँबाट हेर्नुभयो , कुन लिंक क्लिक् गर्नु भयो कसले हेर्नुभयो भएन भन्ने कुराको जानकारी दिन्छ ।

    बल्क एस् यम एस् : बल्क एस् यम एस् भन्नाले एकैसाथ धेरै जनालाई एस् यम एस् गर्ने प्रक्रिया हो  । अनलाईन को माध्यम बाट यस्तो म्यासेजहरु गर्न सकिन्छ , ४ डिजिटको नम्बर भएको वा कुनै सेन्डर आइडी राखि यसतो  एस् यम एस् गर्न सकिन्छ । एस् यम एस् ले कुनै पनि सूचनालाई छिटो पुर्याउने भएकोले आजकल यो धेरैनै प्रभाभकारी भएको छ ।

    सफ्टवेयर : स्कुल / कलेजहरुमा भएको विद्यार्थीहरुको जानकारी , फी को बारेमा डीटेल्स, पेरोल्स, एकाउन्ट्स, होस्टल ट्रान्सपोर्टटेसन, एडमिसन , एटेनडेन्सहरुको सम्पूर्ण विवरण सफ्टवेयरमा राख्न सकिन्छ । जसले गर्दा पुरानो भन्दा पुरानो डाटाहरु हेर्न सकिन्छ  । साथै कुनैपनि डीटेल्स सजिलै कम समयमा खोज्न सकिन्छ , माशिक आम्दानिको विवरण हेर्न सकिन्छ भने , कुन कुन कुरामा के खर्च भएको छ त्यो पनि हेर्न सकिन्छ ।

    सोसल मीडिया : शैक्षिक संस्थाहरुले आफ्नो जानकारी फोटोहरु, कुनै पनि इवेंट्सहरु को जानकारी सोसिअल मेडियाहरु जस्तै फेसबुक , ट्वीटर युट्युब स्ल्याइड सेयर, स्क्रिब्डहरुमा आफ्नो जानकारी , तथ्य उपयोगी कुराहरु राखि विद्यार्थी तथा अरु वर्गलाई देखाउन सकिन्छ , जसले गर्दा संस्थाको छवि उच्च हुन जान्छ ।

    सर्वेइल्लन्सि सिस्टम: शैक्षिक संस्थाहरुले क्लासरुम, प्लेग्राउन्ड , अफिस आदि जस्ता विभिन्न ठाउँहरुलाई सिधै सिसिटिभी क्यमेरा मार्फत निगरानी गर्दा कुन ठाउँमा केके भइरहेकोछ भन्ने कुराहरु लाईभ देख्न सकिन्छ ।

    कल जामर : शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुले मोबाईल चलाउने महत्वपूर्ण समयलाई खेर फाल्ने हुन सक्छ, तेस्तो कुरालाई नियन्त्रण गर्नको लागि कल जामर वा सेल फोन जामर डिभाइस राख्न सकिन्छ । जसले मोबाईल फोनको नेटवोर्कहरु लाई जाम गर्ने गर्दछ, यसले ल्याण्डलाइन फोनलाई कुनै असर गर्दैन ।

    इ- लाईब्रेरी – इ – लाईब्रेरीको कन्सेप्ट धेरै आघि देखि नै आइ रहेको छ , यसले विद्यार्थीलाई धेरैनै सजिलो बनाउने गर्दछ, प्रिन्टेड बुक एकजनाले पढ्न थालेपछि अर्को विद्यार्थीले पढ्न न पाउनेहुन्छ भने इ- लाईब्रेरी भएको कुनै एक बुक लाई १०० जना स्टुडेन्टले एकैसाथ एक्सेस गर्न सक्छन । कपि गर्ने , डाउनलोअड गर्ने वा प्रिन्ट नै गर्न पनि कुनै किसिमको गाह्रो नहुने गर्छ ।

    इ -एटेनडेन्स : इलक्ट्रोनिक एटेनडेन्स सिस्टम आजकाल धेरै जसो ठाउँमा देख्न सकिन्छ, यस्तो एटेनडेन्सगर्ने सिस्टम प्राय: ३ किसिम को हुन्छ, पुरानो किसिममा कार्ड स्वाइप गर्ने वा कार्ड देखाउने सिस्टम हुन्छ, अहिले चलन चल्ती मा आएको थम्ब रिडर अनि केहि ठाउँले फिंगर प्रिन्ट रिड गर्दछ भने रेटिना स्क्यानरले आँखाको रेटिनालाई स्क्यान गरेर एटेनडेन्स वा  भेरिफिकेसन लिने गर्दछ । समयको माग संगै प्रबिधिलाई अँगाल्दै जानु पर्दछ, प्रबिधिले बिकासमा सहयोग गर्दछ |

    इ लर्निङ्ग : अनलाइन वा कुनै पनि नेटवर्क जडित बिधुतिय माध्याम वा डिजिटल मिडिया बाट प्रदान गरिने शिक्षा लाइ इ लर्निङ्ग भानिन्छ । अनलाइन मार्फत शिक्षा लिन वा दिने प्रक्रिया नै इ लर्निङ्ग हो ।